नेपाल एसबिआई बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मङ्सिर ३ गते अन्तिम दिन रहेको छ। बैंकले साधारणसभा प्रयोजनका लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको हुँदा, पुस ३ गतेसम्म कायम सेयरधनी मात्र बैंकको साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल बैंकको चुक्ता पुँजी १० अर्ब ८९ करोड रुपैयाँ रहेको छ।
उक्त लाभांश बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ। बैंकले पुस १८ गते साधारणसभा बोलाएको छ।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया