नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।
बैंकको सञ्चालक समितिले सोमबार बसेको बैठकमा हाल कायम चुक्ता पूँजी १० अर्ब ८९ करोड ९१ लाख ५८ हजार ६८ रुपैयाँको ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसमा ४ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) समावेश छ।
लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी ३२औँ वार्षिक साधारणसभाबाट अनुमोदन भई सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।


प्रतिकृया