जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

Advertisement Ads
जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन
Advertisement Ads

नेपाल र भारतका दुई प्रमुख धार्मिक सहर जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सुरु भएको छ। प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका हुन्।

करिब ६०४ किलोमिटर लामो यो रेल सेवा सातामा एकपटक दुवैतर्फ सञ्चालन हुनेछ। रेलले जयनगर, मधुबनी, सीतामढी, रक्सौल, गोरखपुर हुँदै अयोध्यासम्म यात्रा गर्नेछ।

माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई जोड्ने यो सेवाले दुई देशबीचको धार्मिक पर्यटन र सीमापार आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स