इमर्जिङ नेपाल लिमिटेडका आधारभूत सेयरधनीहरूले आगामी तीन महिनाभित्र आफूले धारण गरेको सेयर बिक्री गर्ने भएका छन्। कम्पनीले सेयर बिक्री गर्ने मनसायबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार आधारभूत सेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार कम्पनीलाई भदौ २२ गते विभिन्न आधारभूत सेयरधनीबाट आगामी तीन महिनाभित्र सेयर बिक्री गर्ने आशयको निवेदन प्राप्त भएको हो।
कम्पनीले नेप्सेलाई दिएको जानकारीअनुसार सेयर बिक्री गर्ने मनसाय राख्ने आधारभूत सेयरधनीमा रिजेन्सी ट्रेडिङ प्रालि., विशाल अग्रवाल, जगदिश प्रसाद अग्रवाल, निकुञ्ज अग्रवाल, अनुज अग्रवाल र युनाइटेड डिष्ट्रिब्युटर्स नेपाल लिमिटेड रहेका छन्।
उपलब्ध विवरणअनुसार रिजेन्सी ट्रेडिङसँग १ लाख कित्ता विशाल अग्रवालसँग १ लाख ६७ हजार २३५ कित्ता, जगदिश प्रसाद अग्रवालसँग ६९ हजार ४५० कित्ता, निकुञ्ज अग्रवालसँग १ लाख ६६ हजार ६८० कित्ता र अनुज अग्रवालसँग ९१ हजार ६७४ कित्ता सेयर रहेको छ। त्यस्तै, युनाइटेड डिष्ट्रिब्युटर्स नेपाल लिमिटेडसँग २ लाख ६२ हजार ५०० कित्ता सेयर रहेको कम्पनीले जनाएको छ।


प्रतिकृया