इमर्जिङ नेपाल लिमिटेडका दुई आधारभूत सेयरधनीले आगामी तीन महिनाभित्र आफूले धारण गरेको सेयर बिक्री गर्ने मनसायसहित कम्पनीलाई जानकारी गराएका छन्। कम्पनीका अनुसार सुभाष चन्द्र संघईले ६ लाख २५ हजार ५० कित्ता र दीनानाथ खण्डेलवालले ५५ हजार ५६० कित्ता सेयर बिक्री गर्ने जानकारी दिएका हुन्।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहने आधारभूत सेयरधनीले बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि जानकारी दिनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार दुवै सेयरधनीले भदौ ३० गते कम्पनीमा निवेदन दिएका हुन्।


प्रतिकृया