युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेड र इमर्जिङ्ग नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न लागिएको लाभांश घोषणा गरेका छन्।
युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण हुने छ।
त्यस्तै, इमर्जिङ्ग नेपाल लिमिटेडले हाल कायम चुक्ता पूँजीको ५.२६३१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिले मंसिर २८ गते बसेको बैठकमा सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गरिने छ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया