यती एयरलाइन्सले बडादसैँमा यात्रुको चापलाई ध्यानमा राख्दै जाने उडान (Departure Flight) तर्फको माथिल्लो भाडा वर्ग (Upper Class) बन्द गरेको जनाएको छ।
एयरलाइन्सले फर्कने उडान (Return Flight) खाली हुने र इन्धन खर्च अत्यधिक हुने अवस्था रहे पनि यात्रुको मागलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको जनाएको छ। साथै, फर्कने उडानको टिकट न्यून मूल्यमा उपलब्ध गराइरहेको कम्पनीले जानकारी दिएको छ।


प्रतिकृया