काठमाडौं–धनगढीको टिकट मूल्यबारे बुद्ध एयरको यस्तो स्पष्टीकरण

काठमाडौं–धनगढीको टिकट मूल्यबारे बुद्ध एयरको यस्तो स्पष्टीकरण
Advertisement Ads

बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा फोटोशप र एआई प्रयोग गरी तयार पारिएका भ्रामक सामग्रीमार्फत हवाई भाडादरबारे भ्रम फैलाइएको भन्दै आपत्ति जनाएको छ। कम्पनीले अनधिकृत रूपमा बढी मूल्यमा टिकट बिक्री गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही अघि बढाउने चेतावनी दिएको छ।

बुद्ध एयरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौं–धनगढी एकतर्फी उडानको टिकट १० हजार ८०० रुपैयाँमै उपलब्ध गराइँदै आएको छ। न्यूनतम भाडादरमा टिकट उपलब्ध गराइएकाले अधिकांश दिनका उडानमा टिकट बिक्री भइसकेको कम्पनीले जनाएको छ।

रसुवा क्षेत्रमा आएको बाढीपहिरोका कारण राजमार्गमा ठूलो क्षति पुगेर लामो समय सडक यातायात अवरुद्ध भएपछि यात्रुलाई सहज र किफायती हवाई सेवा उपलब्ध गराउन न्यूनतम भाडादरमा टिकट दिने घोषणा गरिएको कम्पनीले स्पष्ट पारेको छ। सडक यातायात सहज नहुन्जेल तथा दसैँ–तिहारसम्म उक्त व्यवस्था कार्यान्वयन गरिने जनाइएको छ।

कम्पनीले आफ्नो आधिकारिक प्रणाली तथा बिक्री माध्यमबाट कायम गरिएको भाडादरभन्दा बढी मूल्यमा कुनै व्यक्ति, ट्राभल एजेन्सी वा अन्य माध्यमबाट टिकट बिक्री भएको पाइएमा कानुनी कारबाही गरिने जनाएको छ। यात्रुलाई भाडादर तथा टिकटसम्बन्धी जानकारीका लागि बुद्ध एयरको आधिकारिक वेबसाइट, मोबाइल एप तथा बिक्री माध्यम प्रयोग गर्न आग्रह गरिएको छ।

बुद्ध एयरका अनुसार अहिले काठमाडौं बाहिरिने यात्रुको संख्या बढी र काठमाडौं भित्रिने यात्रुको संख्या तुलनात्मक रूपमा कम छ। काठमाडौं आउने यात्रुका लागि कम्पनीले प्रोमो कोडमार्फत न्यूनतम भाडादरका अफरसमेत उपलब्ध गराएको जनाएको छ। उक्त अफर वेबसाइट र मोबाइल एपबाट लिन सकिने कम्पनीले स्पष्ट पारेको छ।

Advertisement Ads

840446289 2353780912066569 4232512654295998552 n https://bajarkochirfar.com/buddha-air-clarifies-kathmandu-dhangarhi-ticket-prices | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स