सिटि होटलको २ करोडभन्दा बढी कित्ता सेयरको लक–इन अवधि सकिँदै

सिटि होटलको २ करोडभन्दा बढी कित्ता सेयरको लक–इन अवधि सकिँदै
Advertisement Ads

सिटि होटल लिमिटेडको करिब २ करोडभन्दा बढी कित्ता सेयरको लक–इन अवधि २०८३ जेठ ५ गते समाप्त हुने भएको छ।

कम्पनीका अनुसार संस्थापक सेयरधनीले धारण गरेको २ करोड ७१ लाख १८ हजार ८ सय कित्ता र कर्मचारीको स्वामित्वमा रहेको १ लाख २० हजार ५ सय २८ कित्ता गरी कुल २ करोड ७२ लाख ३९ हजार ३ सय २८ कित्ता सेयर लक–इनमा रहेको छ, जुन आगामी जेठ ५ गतेदेखि खुल्नेछ।

सार्वजनिक निष्काशन र सेयर बाँडफाँड भएको मितिबाट ३ वर्षसम्म संस्थापक तथा कर्मचारीको सेयर बिक्री गर्न नपाइने व्यवस्था अनुसार यी सेयरहरू लक–इनमा राखिएको हो। लक–इन अवधि समाप्त भएपछि सम्बन्धित संस्थापक र कर्मचारीहरूले ती सेयरहरू बिक्री गर्न सक्नेछन्। तर कम्पनीका सञ्चालक समिति सदस्य तथा उच्च व्यवस्थापनमा रहेका व्यक्तिहरूको हकमा भने सेयर बिक्री सम्बन्धी प्रतिबन्ध यथावत रहनेछ।

city hotel lock in expiry notice 1776318622409 https://bajarkochirfar.com/lock-in-period-for-over-20-million-shares-of-city-hotel-is-ending | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स