सिटी होटल लिमिटेडले लिलामीमार्फत बिक्रीमा ल्याएको हकप्रद सेयरको बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार मंसिर ११ गते बसेको कम्पनीको संचालक समितिको बैठकले लिलामीको बाँडफाँड गरेको हो।
क्यापिटलका अनुसार लिलामीमा कुल २,८६० आवेदन परेका थिए। यसमध्ये कर्मचारी समूहको अन्तिम कटअफ मूल्य ३०६.१० रुपैयाँ, संस्थापक समूहको २५१ रुपैयाँ र सर्वसाधारण समूहको ४३६ रुपैयाँ तोकिएको छ। हकप्रदमा नपरेका सेयरधनीको फिर्ता रकम मंसिर १२ गतेदेखि आईपीएसमार्फत बैंक खातामा पठाइने क्यापिटलले जनाएको छ।
कम्पनीले कार्तिक २३ देखि ३० गतेसम्म हकप्रदमा अवितरित २१ लाख ५० हजार ४१८ कित्ता सेयर लिलामीमा राखेको थियो। तीमध्ये संस्थापक समूहका १९ लाख ८९ हजार ९९९, कर्मचारी समूहका ६ हजार र सर्वसाधारण समूहका १ लाख ५४ हजार ४१९ कित्ता सेयर थिए। संस्थापक र कर्मचारी समूहका सेयर २०८३ जेठ ४ गतेसम्म लक–इनमा रहने छन्।
सिटी होटलले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशत बराबर १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँसम्को १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डले साउन ४ गते यसका लागि अनुमति दिएको थियो।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया