सिटि होटल लिमिटेडले आज कात्तिक २३ गते (आइतबार) देखि अवितरित हकप्रद सेयर लिलाम (बढाबढ) प्रक्रियामार्फत बिक्री सुरु गरेको छ। कम्पनीले यसअघि १ बराबर ०.८० अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो, जसमा आवेदन नपरेका सेयरहरू अहिले लिलामी बिक्रीमा ल्याइएको हो।
कम्पनीले कुल २१ लाख ५० हजार ४१८ कित्ता सेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। यसमध्ये संस्थापक समूहका १९ लाख ८९ हजार ९९९ कित्ता, कर्मचारी समूहका ६ हजार कित्ता, र सर्वसाधारण समूहका १ लाख ५४ हजार ४१९ कित्ता सेयर लिलामीमार्फत बिक्री गरिँदैछन्।
सेयर खरिदका लागि कात्तिक ३० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ, र लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन्, भने अधिकतम सीमा नियामक निकायले तोकेको प्रतिव्यक्ति वा संस्थागत सीमा भित्र रहनेछ।
यस लिलामीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आवेदन प्रभु क्यापिटलको कार्यालयमा वा प्रभु बैंकका विराटनगर, हेटौँडा, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयहरूबाट पेश गर्न सक्नेछन्।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया