आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चार कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल हाइड्रो डेभलोपर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ७७८.५७ रुपैयाँ कायम भएको छ। कम्पनीको आइतबारको अन्तिम कारोबार मूल्य ८१७.५० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।
नेपाल हाइड्रो डेभलोपर लिमिटेडको ९ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ६६९.६३ रुपैयाँ कायम भएको छ। कम्पनीको आइतबारको अन्तिम कारोबार मूल्य ७२९.९० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।
सिंगटी हाइड्रो इनर्जीको ५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य २७१.४३ रुपैयाँ कायम भएको छ। कम्पनीको आइतबारको अन्तिम कारोबार मूल्य २८५ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।
त्यस्तै, महालक्ष्मी विकास बैंकको ५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ३६५.७१ रुपैयाँ कायम भएको छ। कम्पनीको आइतबारको अन्तिम कारोबार मूल्य ३८४ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।


















प्रतिकृया