लाभांश र हकप्रद प्रस्ताव पारित गर्न ५ वटा कम्पनीको साधारणसभा आज बस्दै

लाभांश र हकप्रद प्रस्ताव पारित गर्न ५ वटा कम्पनीको साधारणसभा आज बस्दै

५ वटा कम्पनीहरूको वार्षिक साधारणसभा आज पुस २१ गते हुँदैछ। महालक्ष्मी विकास बैंक, मिड सोलु हाइड्रोपावर, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), सिंगटी हाइड्रो इनर्जी लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको साधारणसभा आज हुने भएको हो ।

महालक्ष्मी विकास बैंकले ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ, जसबारे निर्णय गर्न बैंकको साधारणसभा आज बिहान १० बजेदेखि काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बस्दैछ।

त्यसैगरी, मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर र ०.७८९० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न आज दिउँसो १ बजे काठमाडौंको बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा साधारणसभा बोलाएको छ।

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ, जसका लागि आज बिहान १० बजे काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा साधारणसभा बस्नेछ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावसहित साधारणसभा आयोजना गर्दैछ।

त्यसैगरी, दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले पनि हकप्रद सेयर निष्काशनसम्बन्धी प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स