दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको विशेष साधारण सभा आज (असार ९ गते) बस्दै छ। कम्पनीले ललितपुरको चापागाउँस्थित हिमशिखर पार्टी भेन्यूमा बिहान ९ बजेदेखि सभा आयोजना गर्न लागेको हो।
यसअघि गणपूरक संख्या नपुगेका कारण असार १ गतेका लागि बोलाइएको विशेष साधारण सभा स्थगित भएको थियो। त्यसपछि कम्पनीको सञ्चालक समितिले स्थगित सभाको नयाँ मिति तय गर्दै आजका लागि सभा आह्वान गरेको हो।
सभामा कम्पनीको जारी पूँजी संशोधनसहित प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पेश गरिनेछ। साथै, कम्पनीको चुक्ता पूँजीको १ः०.२८८४७४७४ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि सभाबाट पारित गर्ने तयारी गरिएको छ।
हकप्रद सेयर निष्काशन गर्दा दशमलवमा सेयर संख्या आउन सक्ने भएकाले नजिकको पूर्ण अंकमा समायोजन गरी सो बराबरको हकप्रद सेयर जारी गर्ने विषयमा समेत सभाले निर्णय गर्नेछ। यस्तै, नियामक निकायबाट आवश्यक संशोधन वा निर्देशन प्राप्त भएमा सोहीअनुसार कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश छ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले गत जेठ २५ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। त्यसैले जेठ २४ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन तथा प्रस्तावित निर्णयमा मतदान गर्न योग्य रहनेछन्।


















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया