दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ। कम्पनीको २०८२ पुस २९ मा सम्पन्न वार्षिक साधारण सभाले १:०.५५६२ को अनुपातमा हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो।
आयोगले २०८३ वैशाख १५ गतेको पत्रमार्फत हाल कायम चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँको १:०.२८८ को अनुपातमा ६० करोड ८२ लाख ५४ हजार ९९२ रुपैयाँ ६३ पैसा बराबरको हकप्रद सेयर निष्काशन गर्न पूर्वस्वीकृति दिएको हो।



प्रतिकृया