दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको विशेष साधारणसभा आज ललितपुरको चापागाउँस्थित हिमशिखर पार्टी भेन्यूमा सम्पन्न भएको छ। सभाले कम्पनीको चुक्ता पुँजीको १ः०.२८८४७४७४ अनुपातमा ६० करोड ८२ लाख ५५ हजार रुपैयाँ बराबरको ६० लाख ८२ हजार ५५० कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ।
त्यसैगरी, हकप्रद सेयर निष्काशन प्रक्रियाका क्रममा नियामक निकायबाट प्राप्त निर्देशन तथा सुझावअनुसार आवश्यक परेमा प्रबन्धपत्र र नियमावली संशोधन, परिमार्जन वा अन्य आवश्यक व्यवस्था गर्न सञ्चालक समितिलाई पूर्ण अधिकार प्रदान गर्ने प्रस्ताव पनि सभाबाट स्वीकृत भएको छ।
हकप्रद सेयर निष्काशनका क्रममा कुनै कानुनी वा प्राविधिक बाधा–अड्चन उत्पन्न भएमा त्यसको समाधानका लागि आवश्यक निर्णय गर्न पनि सञ्चालक समितिलाई अख्तियारी दिइएको छ।














![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)





![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)

प्रतिकृया