दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ। कम्पनीको जेठ १५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १ गते बिहान ९ बजे ललितपुरको चापागाउँस्थित हिमशिखर पार्टी भेन्यूमा सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभाले कम्पनीको जारी पूँजी संशोधनसँग सम्बन्धित प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, कम्पनीले चुक्तापूँजीको १ः०.२८८४७४७४ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति प्राप्त गरिसकेको भए पनि उक्त अनुपातबाट दशमलबमा सेयर संख्या आउने भएकाले नजिकको पूर्ण अंकमा समायोजन गरी सो बराबरको हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
त्यसैगरी, हकप्रद सेयर निष्काशनका सम्बन्धमा नियामक निकायबाट कुनै संशोधन वा निर्देशन प्राप्त भएमा सोहीअनुसार आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत सभाले अनुमोदन गर्नेछ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार जेठ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीहरू मात्र सभामा सहभागी हुन तथा मतदान गर्न योग्य हुनेछन्।


















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया