दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले स्थगित भएको विशेष साधारण सभाको नयाँ मिति तय गरेको छ। गणपूरक संख्या नपुगेका कारण असार १ गतेका लागि बोलाइएको विशेष साधारण सभा स्थगित भएको थियो।
कम्पनीको सञ्चालक समितिको असार १ गते बसेको बैठकले स्थगित सभा आगामी असार ९ गते बिहान ९ बजे ललितपुरको चापागाउँस्थित हिमशिखर पार्टी भेन्यूमा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा कम्पनीको जारी पूँजी संशोधनसहित प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पेश गरिनेछ। साथै, कम्पनीको चुक्ता पूँजीको १ः०.२८८४७४७४ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

हकप्रद सेयर निष्काशन गर्दा दशमलवमा सेयर संख्या आउने भएकाले नजिकको पूर्ण अंकमा समायोजन गरी सो बराबरको हकप्रद सेयर जारी गर्ने विषयमा समेत निर्णय गरिनेछ। साथै, नियामक निकायबाट आवश्यक संशोधन वा निर्देशन प्राप्त भएमा सोहीअनुसार कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश छ
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले गत जेठ २५ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। त्यसैले जेठ २४ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित निर्णयमा मतदान गर्न योग्य हुनेछन्।














![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)





![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)

प्रतिकृया