दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको विशेष साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको छ।
कम्पनीले असार १ गते ललितपुरको चापागाउँस्थित हिमशिखर पार्टी भेन्यूमा बिहान ९ बजे विशेष साधारण सभा आयोजना गर्ने तय गरेको थियो। तर, आवश्यक गणपूरक संख्या नपुगेपछि सभा स्थगित गर्नुपरेको कम्पनीले जनाएको छ।
सभामा कम्पनीको जारी पुँजी संशोधन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिवर्तन गर्ने तथा चुक्तापुँजीको १ः०.२८८४७४७४ अनुपातमा हकप्रद सेयर निष्काशनसम्बन्धी विशेष प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो। साथै, हकप्रद सेयर निष्काशनका क्रममा दशमलवमा आउने सेयर संख्यालाई नजिकको पूर्ण अंकमा समायोजन गर्ने तथा नियामक निकायबाट आवश्यक संशोधनको निर्देशन प्राप्त भएमा सोअनुसार कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गर्ने तयारी गरिएको थियो।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २५ गते एक दिन बुक क्लोज गरिसकेको छ।














![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)





![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)

प्रतिकृया