नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विहिबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेपाल हाइड्रो डेभलपर्स लिमिटेड र कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
नेपाल हाइड्रो डेभलपर्सको ९ प्रतिशतका दरले हुन आउने ३ लाख ४९ हजार ३७७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
कुथेली बुखारी स्मल हाइड्रोपावरको १० प्रतिशतका दरले हुन आउने १ लाख ३४ हजार ५४.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।



प्रतिकृया