मल्टीपर्सस फाइनान्सले बोलायो भदौ १६ गते साधारण सभा, यस्ता छन् प्रस्तावहरु

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २४ गते
मल्टीपर्सस फाइनान्सले बोलायो भदौ १६ गते साधारण सभा, यस्ता छन् प्रस्तावहरु
AdvertisementAds

मल्टीपर्सस फाइनान्स लिमिटेडले आफ्नो २८औँ वार्षिक साधारण सभा आगामी भदौ १६ गते आयोजना गर्ने भएको छ। कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो।

सभा भदौ १६ गते मंगलबार बिहान ११ बजे वित्तीय संस्थाको केन्द्रीय कार्यालय, राजविराज, सप्तरीमा बस्नेछ।

आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणका आधारमा सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय भएकाले सभामा लाभांशसम्बन्धी प्रस्ताव पेश नहुने कम्पनीले जनाएको छ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वित्तीय अवस्था, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।

त्यस्तै, लेखापरीक्षण समितिको सिफारिसमा आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स