स्पेशल प्रि–ओपन सेसनमा पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्ट लिमिटेडको पहिलो कारोबार भएको छ। पाल्पा सिमेन्टको सेयर प्रतिकित्ता रु. ३०० मा र शिखर पावरको सेयर रु. २८४.३० मा पहिलो कारोबार भएको हो।
यी दुवै कम्पनीको सेयर हिजो (चैत २६ गते, बिहीबार) नेप्सेमा सूचीकृत गरिएको थियो।
पाल्पा सिमेन्ट इण्डष्ट्रीजले सर्वसाधारणका लागि जारी गरेको ७५ लाख कित्ता सेयर र संस्थापक लगानीकर्ताको ३ करोड कित्ता सेयरसहित कुल ३ करोड ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

त्यस्तै, शिखर पावर डेभलपमेन्टले सर्वसाधारणलाई वितरण गरेको ३२ लाख कित्ता सेयर र संस्थापकहरूको ६६ लाख कित्ता सेयर गरी कुल ९८ लाख कित्ता सेयर सूचीकृत गरेको हो।

नेप्सेले पाल्पा सिमेन्टलाई रु. १०० देखि ३०० सम्म र शिखर पावरलाई रु. ९४.७८ देखि २८४.३४ सम्मको ओपनिङ रेञ्ज तोकेको थियो। सोही रेञ्जका आधारमा आज स्पेशल प्रि–ओपन सेसनमा यी कम्पनीहरूको पहिलो कारोबार सम्पन्न भएको हो।
अब यी दुवै कम्पनीका सेयरहरू नियमित बजारमा समेत कारोबार गर्न सकिनेछ।

प्रतिकृया