पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको वैशाख २५ गते बसेको बैठकले सभा आगामी जेठ १९ गते नवलपरासीको सुनवलस्थित होटल महामायामा दिउँसो १ बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो।
उक्त सभामा कम्पनीको चुक्तापूँजी तथा सञ्चित मुनाफाभन्दा बढी ऋण लिने, कम्पनीको सीमाभन्दा बढी चन्दा प्रदान गर्ने कार्यको अनुमोदन गर्ने तथा प्रबन्धपत्रका विभिन्न दफा र नियम संशोधन गर्ने विशेष प्रस्तावहरू प्रस्तुत गरिनेछन्।
त्यसैगरी, सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, सो अवधिको लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्ने, अन्य कम्पनीसँग गाभ्ने वा गाभिने सम्बन्धी कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, चार जना सञ्चालकको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्तावहरू पनि सभामा पेश गरिनेछन्।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।



















प्रतिकृया