पाल्पा सिमेन्ट इन्डस्ट्रिजको २ लाख बढी कित्ता सेयरको लकइन खुल्दै

पाल्पा सिमेन्ट इन्डस्ट्रिजको २ लाख बढी कित्ता सेयरको लकइन खुल्दै
Advertisement Ads

पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको सामूहिक लगानी कोष (म्युचुअल फन्ड) योजनाहरूलाई बाँडफाँड गरिएको २ लाख ८१ हजार २५० कित्ता साधारण सेयरको लकइन अवधि भदौ २८ गते समाप्त हुने भएको छ।

कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ७५ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी र खानी रहेको पाल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि जारी पूँजीको ५ प्रतिशत अर्थात् १८ लाख ७५ हजार कित्ता सेयर बाँडफाँड गरिएको थियो।

बाँकी ५६ लाख २५ हजार कित्तामध्ये सामूहिक लगानी कोषका लागि २ लाख ८१ हजार २५० कित्ता साधारण सेयर छुट्याएर बाँडफाँड गरिएको थियो। उक्त सेयरहरू नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको थियो।

Screenshot 12 8 2026 13275 www.nepalstock.com https://bajarkochirfar.com/lock-in-for-over-200000-shares-of-palpa-cement-industries-opens | %tags

Screenshot 12 8 2026 132726 www.nepalstock.com https://bajarkochirfar.com/lock-in-for-over-200000-shares-of-palpa-cement-industries-opens | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स