नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा घर कर्जाको सीमा बढाइएको छ। अब पहिलोपटक घर किन्न चाहने व्यक्तिले ३ करोड रुपैयाँसम्म ऋण लिन सक्नेछन्।
यसअघि घर खरिदका लागि अधिकतम २ करोड रुपैयाँसम्म मात्र कर्जा लिन मिल्थ्यो।
गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको नीतिमा पहिलो घर किन्दा घर मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सक्ने व्यवस्था गरिएको छ।
यसबाहेक, अन्य आवासीय घर वा जग्गा खरिदका हकमा ७० प्रतिशतसम्म ऋण उपलब्ध गराइने नीति पनि मौद्रिक नीतिमा समावेश छ।
राष्ट्र बैंकको यस निर्णयले आवास क्षेत्रको पुनरुत्थान, निर्माण क्षेत्रको सक्रियता र मध्यम वर्गीय परिवारको घर स्वामित्व सपना पूरा गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।


















प्रतिकृया