insta insta

राष्ट्र बैंकले विदेशी कम्पनीलाई लगानीको लाभांश फिर्ता लैजान सहजीकरण गर्ने

राष्ट्र बैंकले विदेशी कम्पनीलाई लगानीको लाभांश फिर्ता लैजान सहजीकरण गर्ने
Advertisement Ads

नेपाल राष्ट्र बैंकले नेपालमा लगानी गर्ने विदेशी कम्पनीहरूलाई  आफ्नो लगानीको लाभांश, ब्याज र फिर्ता भुक्तानी सजिलै लैजान सहजीकरण गर्ने भएको छ।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै विदेशी लगानीकर्ताहरूलाई लगानी फिर्ता गर्न सहज बनाउन यस्तो व्यवस्था गर्ने घोषणा गरेका हुन्।

‘नेपालमा विदेशी लगानी गर्ने लगानीकर्ता, विदेशी लगानी भएका उद्योग/कम्पनी र नेपालमा संस्थापित विदेशी कम्पनीको शाखा/सम्पर्क कार्यालय/स्थायी संस्थापनाले साँवा, व्याज तथा लाभांशलगायत फिर्ता भुक्तानी (Repatriation) लैजाने व्यवस्थामा सहजीकरण गरिनेछ ।’ मौद्रिक नीतिमा भनिएको छ।

यसका साथै, राष्ट्र बैंकले विदेशी लगानी आकर्षण गर्न वाणिज्य बैंकहरूमार्फत विदेशी विनिमय जोखिम व्यवस्थापन गर्न पहल गर्ने उल्लेख गरिएको छ।

त्यसैगरी, आर्थिक र व्यावसायिक वातावरण सुधार तथा लगानी वृद्धिका लागि नेपाल राष्ट्र बैंकले विदेशी लगानी र विदेशी ऋण व्यवस्थापनसम्बन्धी विनियमावली, २०७८ मा आवश्यक संशोधन गर्ने तयारीमा रहेको जनाएको छ।

517346828 593187726883260 6271005529226013692 n https://bajarkochirfar.com/nepal-rastra-bank-will-facilitate-foreign-companies-to-repatriate-investment-dividends | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स