SHAREHUB SHAREHUB

७ वटा कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?

Advertisement Ads
७ वटा कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?
Advertisement Ads

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा ७ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षका लागि कालोसूचीमा राखेको छ। कार्यालयले भदौ १० गते गरेको निर्णयअनुसार उनीहरूलाई कालोसूचीमा राखिएको हो।

कालोसूचीमा पर्नेमा जगन्नाथ गाउँपालिकाको सिफारिसमा नेपालगन्जस्थित रमादेवी चौधरीको न्यू जेएमबी अर्डर एण्ड सप्लायर्स र राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सदर चिडियाखानाको सिफारिसमा काठमाडौं महानगरपालिका–१५ स्थित टंक प्रसाद धमलाको स्वयम्भु सप्लायर्स रहेका छन्।

त्यस्तै, मन्थली नगरपालिकाको सिफारिसमा रामेछापस्थित रत्न बहादुर नेवारको रत्न बिएस कन्स्ट्रक्सन कम्पनीलाई पनि कालोसूचीमा राखिएको छ।

जयपृथ्वी नगरपालिकाको सिफारिसमा कैलालीको धनगढीस्थित विक्रम बहादुर बुढाको बाल्दा पेट्रोकेमिकल प्रालि, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सिफारिसमा गैरिधारा, काठमाडौंस्थित उमेश कुमार अग्रवालको बायोमेड इन्टरनेशनल प्रालि पनि कालोसूचीमा परेका छन्।

बूढानीलकण्ठ नगरपालिकाको सिफारिसमा चौदण्डीगढी–१०, उदयपुरस्थित रबिन बस्नेत र मनोज बस्नेतको निश्मान इन्टरनेशनल प्रालि तथा शिखर नगरपालिकाको सिफारिसमा गोकर्णेश्वर–८, काठमाडौंस्थित रवि प्रकाश सिंहको जेडिएमआर बिल्डर्स प्रालिलाई समेत एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

Advertisement Ads

कालोसूचीमा राखिएको अवधिभर यी निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

Screenshot 27 8 2026 92455 https://bajarkochirfar.com/if-7-companies-are-blacklisted-what-will-they-not-be-allowed-to-do-for-how-long-2 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स