अर्थमन्त्री वाग्लेले आज दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र ९ गते
अर्थमन्त्री वाग्लेले आज दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
AdvertisementAds

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जनभन्दा बढी स्टार्टअपका प्रतिनिधिसँग छलफल गर्ने भएका छन्। अर्थ मन्त्रालयको आयोजनामा बजेट कार्यान्वयन संवाद शृङ्खलाअन्तर्गत हुने छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजे सुरु हुनेछ।

छलफलमा सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले बजेटमार्फत अघि सारेका नीति, तिनको प्रभावकारी कार्यान्वयन तथा युवा उद्यमीका प्रयासबारे छलफल हुनेछ। साथै, स्टार्टअप क्षेत्रलाई सरकारले गर्नुपर्ने व्यावहारिक तथा नीतिगत सहजीकरणका विषयमा पनि छलफल हुने जनाइएको छ।

कार्यक्रममार्फत युवा उद्यमीहरूले देखेका सम्भावना, भोगिरहेका समस्या र सरकारले गर्नुपर्ने सहजीकरणबारे मौखिक तथा लिखित धारणा बुझ्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स