मैलुङ खोला जलविद्युत आयोजनामा बाढीको ठूलो क्षति, विद्युत् उत्पादन बन्द

मैलुङ खोला जलविद्युत आयोजनामा बाढीको ठूलो क्षति, विद्युत् उत्पादन बन्द
Advertisement Ads

 त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवामा सञ्चालित ५ मेगावाट क्षमताको मैलुङ खोला जलविद्युत आयोजनाको विद्युतगृह पूर्णरूपमा क्षतिग्रस्त भएको छ। बाढीका कारण आयोजनाको विद्युत् उत्पादनसमेत बन्द भएको कम्पनीले जनाएको छ।

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका अनुसार रसुवाको उत्तरगया गाउँपालिका–१ मा रहेको आयोजनामा बुधबार बिहान करिब ९ः१५ बजे त्रिशूली नदीमा आएको अप्रत्याशित भीषण बाढीले क्षति पुर्‍याएको हो।

बाढीबाट विद्युतगृह पूर्णरूपमा क्षतिग्रस्त भएपछि आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ। साथै, जलविद्युत केन्द्रमा कार्यरत कर्मचारीहरूको अवस्थासमेत हालसम्म अज्ञात रहेको कम्पनीले जनाएको छ।

Screenshot 27 8 2026 162012 www.nepalstock.com https://bajarkochirfar.com/mailung-khola-hydropower-project-suffers-major-flood-damage-power-generation-halted | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स