दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

मंगलवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको कुल १० लाख ५ हजार ११९ दशमलव २४ कित्ता बोनस सेयर  सूचीकृत भएको छ । मैलुङ्ग खोला जलविद्युत कम्पनीको ८१ हजार ७६८. २४ कित्ता  र सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९ लाख २३ हजार ३५१ कित्ता गरी कुल १० लाख ५ हजार ११९ दशमलव २४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

मैलुङ्ग खोला जलविद्युत कम्पनीले गत वर्ष २०८० चैत २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २.२२११ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो । सो सभाले ०.११६९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

mailung khola https://bajarkochirfar.com/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a5%8b%e0%a4%a8%e0%a4%b8-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%a8%e0%a5%87 | %tags

 

 

त्यस्तै, सिइडिबी हाइड्रोपावरले बैशाख ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ११ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि ०.५७८९ प्रतिशतन नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
cedb https://bajarkochirfar.com/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a5%8b%e0%a4%a8%e0%a4%b8-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%a8%e0%a5%87 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स