मैलुङखोला जलविद्युत कम्पनीको ‘लक इन’ अवधि आगामी साउन २६ गते सकिने भएको छ । कम्पनीको २५ लाख ७७ हजार कित्ता संस्थापक सेयर, ३ लाख ६८ हजार १४४ कित्ता स्थानीयको सेयर र १४ हजार ७२६ कित्ता कर्मचारीको सेयर गरि कुल २९ लाख ५९ हजार ८७० कित्ता सेयरको ‘लकइन’ सकिन लागेको हो ।
कम्पनीले सर्वसाधारणलाई २०७८ साउन २६ गते सेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । सोहि व्यवस्था अनुसार लकइनमा रहेको सेयरको आवधि सकिन लागेको हो ।
लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।







![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)



![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)







![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया