सान्जेनका दुवै जलविद्युत केन्द्रमा बाढीको क्षति छैन, प्रसारण लाइन अवरुद्ध हुँदा विद्युत् उत्पादन भने बन्द

सान्जेनका दुवै जलविद्युत केन्द्रमा बाढीको क्षति छैन, प्रसारण लाइन अवरुद्ध हुँदा विद्युत् उत्पादन भने बन्द
Advertisement Ads

 भोटेकोशी नदीमा आएको भीषण बाढीले सान्जेन जलविद्युत कम्पनी लिमिटेड अन्तर्गतका दुवै जलविद्युत केन्द्रको संरचनामा कुनै क्षति नपुगे पनि विद्युत् प्रसारण अवरुद्ध हुँदा उत्पादन बन्द भएको छ।

कम्पनीका अनुसार चीनको तिब्बत क्षेत्रबाट रसुवागढी हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा बुधबार आएको अचानकको भीषण बाढीले उक्त क्षेत्रमा रहेका विभिन्न जलविद्युत केन्द्र, नेपाल विद्युत् प्राधिकरणका प्रसारण लाइन तथा सबस्टेशनमा ठूलो क्षति पुगेको छ। त्यसका कारण उक्त क्षेत्रबाट हुने विद्युत् आपूर्ति पूर्णरूपमा बन्द भएको छ।

बाढीबाट सान्जेन जलविद्युत कम्पनीअन्तर्गतका सान्जेन जलविद्युत केन्द्र (४२.५ मेगावाट) र सान्जेन (माथिल्लो) जलविद्युत केन्द्र (१४.८ मेगावाट) का संरचनामा भने कुनै प्रकारको क्षति नभएको कम्पनीले जनाएको छ।

तर, त्रिशूली–३ बी हब र चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनमा क्षति पुगेका कारण उत्पादित विद्युत् प्रणालीमा पठाउन नसकिएको हो। यही कारण कम्पनीअन्तर्गतका दुवै जलविद्युत केन्द्र बन्द हुन पुगेका छन्।

Screenshot 27 8 2026 162847 www.nepalstock.com https://bajarkochirfar.com/no-flood-damage-at-both-sanjen-hydroelectric-power-plants-power-generation-halted-due-to-transmission-line-disruption | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स