insta insta

बाढीपीडितका लागि चीनको सहयोग निरन्तर, ३० करोड नेपाली रुपैयाँसहित थप राहत सामग्री नेपाल आइपुग्यो

बाढीपीडितका लागि चीनको सहयोग निरन्तर, ३० करोड नेपाली रुपैयाँसहित थप राहत सामग्री नेपाल आइपुग्यो
Advertisement Ads

 चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको झन्डै ३३ करोड ६ लाख रुपैयाँ बराबरको नगद सहयोग हस्तान्तरण गरेको छ। नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आइतबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरे।

राजदूत माओमिङले चीन सरकारका तर्फबाट झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) बराबरको चेक हस्तान्तरण गरे। त्यसैगरी, चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबर (२ लाख अमेरिकी डलर) को नगदसमेत हस्तान्तरण गरिएको छ।

सहयोग रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए।

नेपालमा परेको विपत्तिमा चीन सधैँ साथमा रहेको सन्देश चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको जानकारी दिँदै उहाँले नेपालका लागि चीन सरकारले घोषणा गरेका अन्य प्रकारका सहयोगसमेत नेपाल भित्रिन सुरु भइसकेको बताए।

चीनबाट राहत सामग्री पठाउने क्रम पनि सुरु भएको छ। आइतबार मात्रै दुई वटा चिनियाँ जहाजमार्फत ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुट लगायतका सहायता सामग्री काठमाडौँ ल्याइएको राजदूत माओमिङले जानकारी दिनुभयो। थप सहयोग पनि निरन्तर रहने उनले बताए।

रसुवामा गएको बाढीका कारण चीनतर्फ नै रोकिएका नेपाली नागरिकलाई मुस्ताङको कोरोला नाका हुँदै नेपाल फिर्ता ल्याउन पहल भइरहेको जानकारीसमेत राजदूत माओमिङले अर्थमन्त्रीलाई गराए।

बाढीका कारण जलविद्युत कम्पनीको सुरुङ (टनेल) मा फसेकाहरूको उद्धारका लागि चीनबाट चिनियाँ हेलिकप्टरसहित दक्ष जनशक्ति नेपाल आइसकेको उनले जानकारी दिए। हिजै उद्धार टोली नेपाल आएको र थप केही दक्ष उद्धार प्राविधिकहरू आइतबार नेपाल आइपुगेको उनको भनाइ छ।

त्यसैगरी, नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउन चीन सरकारले द्रूत गतिमा काम गरिरहेको जानकारी पनि राजदूत माओमिङले दिए।

चीन सरकारको सहयोग रकम बुझ्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अकल्पनीय विपत्तिबाट गुज्रिरहेको नेपाललाई चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

विपत्तिका कारण नेपाल र चीन दुवैले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले चीनले भोगेको क्षतिप्रति नेपाल सरकारका तर्फबाट गहिरो दुःख व्यक्त गरे। उनले बाढीका कारण ज्यान गुमाएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे।

विश्वको बढ्दो तापक्रमका कारण हुने विनाशकारी क्षतिको सुरुवात हिमालय क्षेत्रका मुलुकहरूले व्यहोर्नुपर्ने अवस्था देखिएको भन्दै अर्थमन्त्री वाग्लेले यसको सामना गर्न नेपाल र चीनबीच हातेमालो आवश्यक रहेको बताए।

यसपटकको बाढीबाट नेपालले व्यहोरेको क्षतिको पुनर्निर्माणका लागि चीनबाट ठूलो सहयोगको अपेक्षा रहेको पनि अर्थमन्त्री वाग्लेले बताए।

सहायता हस्तान्तरण कार्यक्रमका क्रममा अर्थमन्त्रीको कार्यकक्षमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले बाढीका कारण ज्यान गुमाएका दुवै देशका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण समेत गरेका थिए।

WhatsApp Image 2026 08 30 at 19.16.03 https://bajarkochirfar.com/chinas-support-for-flood-victims-continues-additional-relief-materials-worth-300-million-nepalese-rupees-arrive-in-nepal | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स