SHAREHUBSHAREHUB

रसुवा बाढीपीडितका लागि अमेरिकाले ५ लाख डलर सहयोग गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र ११ गते
AdvertisementAds
रसुवा बाढीपीडितका लागि अमेरिकाले ५ लाख डलर सहयोग गर्ने
AdvertisementAds

रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत तथा आपत्कालीन सहयोगका लागि अमेरिकी सरकारले ५ लाख अमेरिकी डलर उपलब्ध गराउने भएको छ।

अमेरिकी दूतावासले मिडिया नोट जारी गर्दै विदेश मन्त्रालयले क्याथोलिक रिलिफ सर्भिसेससँगको विश्वव्यापी सहायता कार्यक्रममार्फत उक्त रकम उपलब्ध गराउने जानकारी दिएको हो।

यो सहयोग बाढी प्रभावित समुदायका लागि आपत्कालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सहायता उपलब्ध गराउन प्रयोग गरिने दूतावासले जनाएको छ।

अमेरिकी दूतावासले बाढीबाट उत्पन्न परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन एक जना सल्लाहकारलाई समेत त्यहाँ पठाउने तयारी गरिएको छ।

त्यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको अवस्थाबारे जानकारी लिन तथा उनीहरूको खोजी र उद्धारका लागि प्रयास भइरहेको दूतावासले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स