अब बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत विवरण दिँदै केवाईसी (KYC) फारमहरू बारम्बार भरिरहनु नपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा ग्राहकको केवाईसी विवरण राष्ट्रिय परिचय पत्रबाट सिधै प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
नयाँ व्यवस्थाअनुसार कुनै पनि बैंक वा वित्तीय संस्थालाई ग्राहकको केवाईसी विवरण आवश्यक परेमा, राष्ट्रिय परिचयपत्र प्रणालीमार्फत सिधै डिजिटल रूपमा सो जानकारी प्राप्त गर्न सकिनेछ।
राष्ट्र बैंकको भनाइमा, यसबाट केवाईसी प्रक्रिया छिटो, सरल र सुरक्षित बन्नेछ। साथै, यसले ग्राहकलाई बारम्बार विवरण पेश गर्नु नपर्ने सहजीकरण हुनेछ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया