नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ लाख ७४ हजार ८८७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले पाँच जना संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर हाललाई विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्ने गरी बिक्री खुलाएको हो।
सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाएर ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
आवेदन बैंकको कमलादीस्थित सेयर रजिस्ट्रारको कार्यालयमा बुझाउनुपर्नेछ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा बैंकले उक्त सेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रतिकृया