insta insta

सीईओ पाण्डेको पक्राउपछि यस्तो भन्छ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक

सीईओ पाण्डेको पक्राउपछि यस्तो भन्छ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक
Advertisement Ads

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे सम्बन्धी सार्वजनिक रूपमा उठेका विषयमा स्पष्टिकरण दिँदै सम्पूर्ण प्रक्रिया कानूनी दायराभित्रै सम्पन्न भएको जनाएको छ।

बैंकले जारी गरेको विज्ञप्तिअनुसार स्मार्ट टेलिकमसँग सम्बन्धित कर्जा असुली, सम्पत्ति लिलामी तथा भुक्तानी व्यवस्थापनका सबै काम प्रचलित कानून र नेपाल राष्ट्र बैंकको कर्जा असुली निर्देशिकाअनुसार गरिएको हो। बैंकका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले स्मार्ट टेलिकमसँग सम्बन्धित विषयमा अनुसन्धान गरिरहेको छ र सोही क्रममा सीईओ पाण्डेसँग बयान तथा सोधपुछ गरिएको हो।

बैंकले अनुसन्धानका लागि आवश्यक कागजात तथा विवरण समयमै उपलब्ध गराउँदै आएको जनाएको छ। साथै २०८२ असोज ३ गते प्रकाशित लिलामी प्रक्रियाबाट प्राप्त ४ अर्ब ६० करोड रुपैयाँमध्ये ४ अर्ब २२ करोड रुपैयाँ सहवित्तीयकरण कर्जामा प्रयोग गरिएको र बाँकी ३८ करोड रुपैयाँ दायित्व व्यवस्थापनका लागि सुरक्षित राखिएको उल्लेख गरेको छ। बैंकले नियमित कारोबार र निक्षेपकर्ताको हितमा कुनै असर नपर्ने पनि स्पष्ट पारेको छ।

nimb ceo under investigation notice 1778722297639 e1778722855245 https://bajarkochirfar.com/nepal-investment-mega-bank-says-this-after-ceo-pandeys-arrest | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स