insta insta

एनआईएमबी बैंकले भन्यो, ‘सीईओ पाण्डेको राजीनामाको हल्ला निराधार’

एनआईएमबी बैंकले भन्यो, ‘सीईओ पाण्डेको राजीनामाको हल्ला निराधार’
Advertisement Ads

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ‘एनआईएमबी’ लिमिटेडले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेको राजीनामासम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले आइतबार एक सूचना जारी गर्दै केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित र प्रसारित समाचार भ्रामक, आधारहीन तथा तथ्यहीन रहेको स्पष्ट पारेको हो।

बैंकका अनुसार सीईओ पाण्डे हाल पनि आफ्नो जिम्मेवारीमा सक्रिय रहँदै बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा संलग्न छन्। बैंकले आधिकारिक स्रोतबाट पुष्टि नगरी बैंकसम्बन्धी समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम तथा सरोकारवालालाई आग्रह गरेको छ।

साथै, बैंकले ग्राहक, सेयरधनी तथा सर्वसाधारणप्रतिको विश्वास र प्रतिबद्धतालाई निरन्तर सुदृढ बनाउँदै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको जनाएको छ।

ceo resignation rumors refuted notice 1778551696157 https://bajarkochirfar.com/nimb-bank-says-rumors-of-ceo-pandeys-resignation-are-baseless | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स