insta insta

एनआईएमबी बैंकको कार्यवाहक सीईओ बने ढकाल

एनआईएमबी बैंकको कार्यवाहक सीईओ बने ढकाल
Advertisement Ads

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाललाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिएको छ।

बैंकको वैशाख ३० गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई बैंक सञ्चालनसँग सम्बन्धित सम्पूर्ण कार्य गर्ने गरी पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो।

हालका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे स्मार्ट टेलिकम प्रालिसँग सम्बन्धित मुद्दाको अनुसन्धानमा रहेकाले बैंकको दैनिक कार्यसम्पादन प्रभावित नहोस् भन्ने उद्देश्यले ढकाललाई कार्यवाहक सीईओको जिम्मेवारी सुम्पिएको बैंकले जनाएको छ।

Screenshot 2026 05 14 133953 https://bajarkochirfar.com/dhakal-appointed-as-acting-ceo-of-nepal-investment-mega-bank | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स