सरकारी कार्यालयमा बालेन सरकारको कडाइ, ११ हजार कर्मचारी परे कारबाहीमा

सरकारी कार्यालयमा बालेन सरकारको कडाइ, ११ हजार कर्मचारी परे कारबाहीमा
Advertisement Ads

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता सरकारी कार्यालयको अनुशासन र जनगुनासो सुनुवाइमा राष्ट्रिय सतर्कता केन्द्रले सक्रियता बढाएको छ। केन्द्रले गत चैतदेखि साउनसम्म दर्ता भएका १ हजार २९८ उजुरीमध्ये १ हजार ११४ वटा अर्थात् ८५.८२ प्रतिशत उजुरी फछ्र्यौट गरेको छ।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.७२ प्रतिशत विन्दुले बढी हो। विसं २०८१ चैतदेखि २०८२ साउनसम्म ५५६ उजुरी दर्ता भएकामा ४१२ वटा अर्थात् ७४.१० प्रतिशत उजुरी फछ्र्यौट भएका थिए।

कार्यालय अनुगमन झन्डै तीन गुणा बढ्यो

सार्वजनिक सेवा प्रवाहमा देखिएको ढिलासुस्ती र अनुशासनहीनता नियन्त्रण गर्न केन्द्रले सरकारी कार्यालयको अनुगमनलाई समेत तीव्र बनाएको छ।

गत चैतदेखि साउनसम्म ९२४ वटा सरकारी कार्यालयको अनुगमन गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा भने ३१८ वटा कार्यालयको मात्रै अनुगमन भएको थियो।

Advertisement Ads

अनुगमनका क्रममा आचारसंहिता र समय पालना नगर्ने १० हजार २६८ जना, तोकिएको पोशाकमा उपस्थित नभएका ६४५ जना तथा आफ्नो कार्यकक्षमा नभेटिएका ९१ जना गरी ११ हजार ४ जना कर्मचारीले अनुशासन उल्लंघन गरेको पाइएको छ।

अघिल्लो वर्षको सोही अवधिमा आचारसंहिता तथा समय पालना नगर्ने २ हजार २१३ जना र तोकिएको पोशाक नलगाउने ५६२ जना गरी २ हजार ७७५ जना कर्मचारी अनुशासन उल्लंघनमा परेको केन्द्रको तथ्यांक छ।

केन्द्रले अनुशासन उल्लंघन गर्ने कर्मचारीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

सरकारी सेवालाई नागरिकमैत्री, अनुशासित र मर्यादित बनाउन केन्द्रले अनुगमन तथा गुनासो सुनुवाइलाई प्राथमिकता दिएको जनाएको छ। सरकारी निकायमा भ्रष्टाचार, कर्मचारीको आचारसंहिता उल्लंघन वा शंकास्पद सम्पत्तिसम्बन्धी सूचना राष्ट्रिय सतर्कता केन्द्रको हटलाइन ०१४२००३४५ मा फोन गरेर दिन सकिनेछ।

Rastriya Satarkata Final.jpg scaled https://bajarkochirfar.com/governments-stricter-rules-on-non-compliance-in-government-offices-11000-employees-face-action | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स