नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत बैंक दर, निक्षेप संकलन दर र नीतिगत दर घटाएको छ।
गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको नीतिअनुसार, बैंक दर ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत, निक्षेप संकलन दर ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत, र नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ।
राष्ट्र बैंकले ब्याजदर करिडोरको सीमाहरू घटाउँदै लगानीमैत्री वातावरण बनाउन र तरलता व्यवस्थापनमा सहयोग पुर्याउने लक्ष्य लिएको छ। यसले आगामी दिनमा बैंकहरूले कर्जा प्रवाहमा लचिलोपन देखाउने र ब्याजदरमा समेत केही राहत आउने अपेक्षा गरिएको छ।















प्रतिकृया