अपि पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३१ करोड १६ लाख ८८ हजार रुपियाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ हजार ४४१ प्रतिशत बढी हो । गत आर्थिक वर्षमा कम्पनीले जम्मा २१ लाख ४३ हजार रुपियाँ नाफा कमाएको थियो ।
विद्युत बिक्री आम्दानी बढेपछि कम्पनीको खुद नाफा बढेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३८.३७ प्रतिशत बढेर ८५ करोड ८० लाख रुपियाँ पुगेको छ । गत आर्थिक वर्षमा कम्पनीले दोश्रो त्रैमाससम्ममा विद्युत बिक्री गरेर ६२ करोड ६६ हजार रुपियाँ कमाएको थियो ।
पुस मसान्तसम्ममा कम्पनीको कुल नाफा पनि ७१ करोड पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा ५३ करोड १८ लाख रुपियाँ थियो। ६ अर्ब ७ करोड ५९ लाख रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा भने ५५ करोड ७६ लाख रुपियाँ सञ्चित छ ।
पुसमसान्तसम्म कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी २.७५ रुपियाँबाट बढेर १०.२६ रुपियाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १०९.१८ रुपियाँ रहेको छ र मूल्य आम्दानी अनुपात २५.८३ गुणा छ ।















![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-150x150.jpg)


प्रतिकृया