अपि पावरको नाफा १४ हजार प्रतिशतले बढ्यो, कति पुग्यो प्रतिसेयर आम्दानी ?



Advertisement
Ads

अपि पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३१ करोड १६ लाख ८८ हजार रुपियाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ हजार ४४१ प्रतिशत बढी हो । गत आर्थिक वर्षमा कम्पनीले जम्मा २१ लाख ४३ हजार रुपियाँ नाफा कमाएको थियो ।

विद्युत बिक्री आम्दानी बढेपछि कम्पनीको खुद नाफा बढेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३८.३७ प्रतिशत बढेर ८५ करोड ८० लाख रुपियाँ पुगेको छ । गत आर्थिक वर्षमा कम्पनीले दोश्रो त्रैमाससम्ममा विद्युत बिक्री गरेर ६२ करोड ६६ हजार रुपियाँ कमाएको थियो ।


Advertisement

पुस मसान्तसम्ममा कम्पनीको कुल नाफा पनि ७१ करोड पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा ५३ करोड १८ लाख रुपियाँ थियो। ६ अर्ब ७ करोड ५९ लाख रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा भने ५५ करोड ७६ लाख रुपियाँ सञ्चित छ ।

पुसमसान्तसम्म कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी २.७५ रुपियाँबाट बढेर १०.२६ रुपियाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १०९.१८ रुपियाँ रहेको छ र मूल्य आम्दानी अनुपात २५.८३ गुणा छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर