पोखरामा चांगान नेभो क्यू०५ सार्वजनिक, कति पर्छ मूल्य ?

पोखरामा चांगान नेभो क्यू०५ सार्वजनिक, कति पर्छ मूल्य ?
Advertisement Ads

एमएडब्ल्यू वृद्धि अटोकर्पले नयाँ विद्युतीय कम्प्याक्ट एसयूभी चांगान नेभो क्यू०५ पोखरामा सार्वजनिक गरेको छ। कम्पनीले यसको अल्ट्रा भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरेको हो। सार्वजनिकसँगै चाउथेस्थित डीपल सोरुममा असोज ६ गतेसम्म चारदिने टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरिएको छ।

क्यू०५ मा १२० किलोवाटको विद्युतीय मोटर रहेको छ। यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.१ सेकेन्डमा लिन सक्ने कम्पनीले जनाएको छ। डब्लूएलटीपी परीक्षणअनुसार यसले ४०५ किलोमिटर रेन्ज दिने र ऊर्जा खपत १२.९ किलोवाटआवर प्रति १०० किलोमिटर रहेको दाबी गरिएको छ।

गाडीमा क्याटल सेलसहितको गोल्डेन सिल्ड ब्याट्री २.०, ३सी फास्ट चार्जिङ, ५४० लिटरको डुअल लेभल बुट र १४.६ इन्चको टचस्क्रिन रहेको छ। वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो तथा भेरियन्टअनुसार १८ वटासम्म चालक सहायता प्रणाली र ५४० डिग्री प्यानोरामिक भ्युिङ सिस्टमसमेत उपलब्ध छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स