लामो समयको प्रतीक्षापछि नेपालमै डिजाइन तथा निर्माण गरिएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ को आधिकारिक मूल्य सार्वजनिक भएको छ। उत्पादक कम्पनी सिप्रदी यात्रीले विभिन्न ब्याट्री क्षमताका तीन भेरियन्टको मूल्य सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार ३ किलोवाट आवर ब्याट्री भएको पी–२ को सुरुआती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ।
त्यस्तै, ३.७ किलोवाट आवर ब्याट्री भएको भेरियन्टको मूल्य ३ लाख ९९ हजार ९०० रुपैयाँ र ५.२ किलोवाट आवर ब्याट्री भएको भेरियन्टको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ।

प्रतिकृया