नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ प्रोटोन इ.मास ५ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ। सोल्टी काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको यो गाडी नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय मोडल हो।
कम्पनीका अनुसार इ.मास ५ ले हालै मलेसियाको ‘अलायान्ज डिएसएफ भिहेकल अफ द यिअर अवार्ड्स’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भिहेकल अफ द यिअर २०२६’ उपाधि प्राप्त गरेको छ। गाडीमा १४.६ इन्चको टचस्क्रिन, वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो, ७० लिटरको फ्रङ्क र ३७५ लिटरको रियर लगेज कम्पार्टमेन्ट लगायतका सुविधा छन्।
समारोहमा जगदम्बा मोटर्सका एक्जेक्युटिभ डाइरेक्टर अखिल गुप्ताले नेपाली ग्राहकलाई आधुनिक प्रविधि र उचित मूल्यमा नयाँ विद्युतीय एसयूभी उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए।
प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीले सार्वजनिकरणको अवसरमा प्राइमको मूल्य २९.९९ लाख रुपैयाँ र प्रिमियमको मूल्य ३४.९९ लाख रुपैयाँ तोकेको छ। यो विशेष मूल्य पहिलो १०० ग्राहकका लागि सीमित अवधिसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ।




















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)
प्रतिकृया