५०५ किमीसम्म रेन्ज दिने लिपमोटर बी०३एक्स नेपालमा सार्वजनिक, कति तोकियो मूल्य ?

५०५ किमीसम्म रेन्ज दिने लिपमोटर बी०३एक्स नेपालमा सार्वजनिक, कति तोकियो मूल्य ?
Advertisement Ads

लिपमोटरको नयाँ विद्युतीय एसयूभी बी०३एक्स नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै बी०३एक्स सार्वजनिक गरेको हो।

‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’ अवधारणामा आधारित यस एसयूभीको सार्वजनिकसँगै बुकिङसमेत खुला गरिएको छ। पाँचवटा कलर अप्सनमा उपलब्ध बी०३एक्सको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ।

नेपालका विभिन्न सडकको अवस्थालाई ध्यानमा राखेर तयार पारिएको बी०३एक्समा दैनिक प्रयोगका लागि आवश्यक व्यवहारिकता र आधुनिक प्रविधिको संयोजन गरिएको कम्पनीले जनाएको छ। यसमा १४५ किलोवाटको मोटर र ५३ किलोवाट आवर्स क्षमताको ब्याट्री रहेको छ। कम्पनीका अनुसार यसले सीएलटीसीअनुसार ५०५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।

एसयूभीमा ५१० लिटरको बुटस्पेससँगै प्रिमियम बनावट र फराकिलो केबिन दिइएको छ। सुरक्षाका लागि ‘एडिएस लेभल २’ प्रविधि जडान गरिएको कम्पनीले जनाएको छ।

लिपमोटरले स्टेलान्टिसको सहयोग प्राप्त गरेको छ। स्टेलान्टिस मासेराटी, जीप र प्युजो लगायत १४ वटा अग्रणी अटोमोबाइल ब्रान्डको समूह हो।

चीनको नम्बर १ स्टार्ट–अप न्यु इनर्जी भेहिकल (एनईभी) ब्राण्डका रूपमा लिपमोटरले विश्वभर हालसम्म १६ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको कम्पनीको दाबी छ। जुलाई महिनामा मात्रै एक लाखभन्दा बढी युनिट बिक्री भएको जनाइएको छ।

लिपमोटरको विश्वका ४० भन्दा बढी देशमा १ हजार ७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्र रहेको कम्पनीले जनाएको छ।

बी०३एक्सको पहिलो १०० खरिदकर्ताका लागि मूल्य ४४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स