instainsta

नयाँ स्कोडा कुशाक नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार २८ गते
नयाँ स्कोडा कुशाक नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?
AdvertisementAds

स्कोडा नेपालले फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाक नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीका उच्च पदाधिकारी तथा व्यावसायिक साझेदारहरूको उपस्थितिमा आयोजित कार्यक्रममा नयाँ एसयूभीको औपचारिक अनावरण गरिएको हो।

नयाँ कुशाकको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल र एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गरेका हुन्।

नयाँ स्कोडा कुशाक १.० लिटर र १.५ लिटर टीएसआई इन्जिन विकल्पमा उपलब्ध छ। यसमा ८-स्पिड अटोमेटिक ट्रान्समिसन तथा डीएसजी ट्रान्समिसनको सुविधा दिइएको छ। उत्कृष्ट नियन्त्रण र सहज प्रतिक्रिया प्रदान गर्दै वास्तविक ड्राइभिङ अनुभव दिने गरी यो एसयूभी तयार गरिएको कम्पनीको दाबी छ। साथै, उत्कृष्ट इन्जिनियरिङ र यात्रुको आरामलाई प्राथमिकतामा राखेर यसको निर्माण गरिएको पनि कम्पनीले जनाएको छ।

युरोपेली इन्जिनियरिङको विरासत बोकेको यो अन्तर्राष्ट्रिय ब्रान्डको एसयूभीको प्रारम्भिक मूल्य ५७ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ। गाडीसँगै देशभर रहेका १२ वटै सेवा केन्द्रमार्फत वार्षिक मर्मतसम्भार योजना पनि उपलब्ध हुनेछ। कम्पनीका अनुसार यस योजनामा कुनै लुकेका शुल्क छैनन् भने हरेक १२ महिना वा १२ हजार किलोमिटरमा १२ हजार रुपैयाँको निश्चित शुल्क मात्र लाग्ने व्यवस्था गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै विष्णु कुमार अग्रवालले “कुशाकले युरोपेली इन्जिनियरिङलाई नेपाली सडकमा ल्याएको” बताए। यद्यपि नेपाली ग्राहकलाई युरोपेली मूल्य तिर्न बाध्य नबनाएको उनको दाबी थियो।

त्यसैगरी रौनक अग्रवालले “यो गाडी उत्कृष्ट ड्राइभिङ अनुभव चाहने व्यक्तिहरूका लागि बनाइएको” उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स