५६० किमि रेन्ज दिने म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण ७ गते
५६० किमि रेन्ज दिने म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?
AdvertisementAds

हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालयन मोटर्सले चिनियाँ अटोमोबाइल कम्पनी एसएआईसीको प्रिमियम ब्रान्ड म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ई-टेरोन ९ कम्फर्ट नेपाली बजारमा सार्वजनिक गरेको छ।

बिहीबार आयोजित कार्यक्रममा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले संयुक्त रूपमा गाडी सार्वजनिक गरेका हुन्। कम्पनीले ग्राहकको मागलाई ध्यानमा राख्दै यसअघिको प्रिमियम मोडेलभन्दा सुलभ मूल्यमा नयाँ कम्फर्ट भेरियन्ट ल्याएको जनाएको छ।

गाडीमा १०२.२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसले एनईडीसी मापदण्डअनुसार एकपटकको फुल चार्जमा ५६० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। यसमा ३२५ किलोवाट क्षमताको डुअल मोटर र ७०० न्युटन मिटर टर्क उपलब्ध छ। ११५ किलोवाट डीसी फास्ट चार्जरबाट ब्याट्री ४२ मिनेटमै २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

सुरक्षाका लागि ३६० डिग्री क्यामेरा, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, ब्लाइन्ड स्पट असिस्ट, ७ वटा एयरब्यागलगायतका फिचर दिइएको छ। साथै, यो गाडीले युरो एनक्याप क्र्यास टेस्टमा ५-स्टार रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ।

नेपाली सडक अवस्थालाई ध्यानमा राखेर डिजाइन गरिएको यो पिकअपमा २५५ एमएम ग्राउन्ड क्लियरेन्स र ४५५ एमएम वाटर वेडिङ क्षमता रहेको छ।

कम्पनीले गाडीको सुरुवाती मूल्य ८८ लाख रुपैयाँ तोकेको छ। खरिदकर्ताले एक वर्षको बीमा, एक वर्षको सडक दस्तुर र दुई वर्षको निःशुल्क सर्भिसिङ सुविधा पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स