याडियाको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ‘कीनेस’ नेपालमा सार्वजनिक, कति तोकियो मूल्य ?

याडियाको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ‘कीनेस’ नेपालमा सार्वजनिक, कति तोकियो मूल्य ?

इलेक्ट्रिक दुईपांग्रे सवारीसाधन ब्रान्ड याडियाले आफ्नो बहुप्रतीक्षित प्रिमियम मोटरसाइकल ‘याडिया कीनेस’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले सोमबार आयोजित एक कार्यक्रममार्फत यो नयाँ मोडेल सार्वजनिक गरेको हो।

कम्पनीले याडिया कीनेसको आधिकारिक अधिकतम खुद्रा मूल्य ६ लाख ६० हजार रुपैयाँ निर्धारण गरेको छ।

कम्पनीका अनुसार याडिया कीनेस सामान्य दैनिक आवतजावतका लागि मात्र नभई उच्च प्रदर्शन, तीव्र एक्सेलेरेसन, आधुनिक प्रविधि र आकर्षक डिजाइनलाई ध्यानमा राखेर विकास गरिएको विद्युतीय मोटरसाइकल हो। विशेषगरी स्पोर्टी डिजाइन, प्रिमियम प्रविधि र रोमाञ्चक राइडिङ अनुभव खोज्ने ग्राहकलाई लक्षित गरी यो मोडेल ल्याइएको कम्पनीले जनाएको छ।

मोटरसाइकलमा ११ किलोवाट क्षमताको मिड–ड्राइभ हाई–पर्फर्मेन्स मोटर जडान गरिएको छ, जसले ३०० एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार यसले ० देखि ५० किलोमिटर प्रतिघन्टाको गति केवल ३ सेकेन्डमा लिन सक्छ भने अधिकतम १०० किलोमिटर प्रतिघन्टाको गति हासिल गर्न सक्षम छ। यही कारण यसलाई नेपाली बजारमा उपलब्ध उच्च प्रदर्शनयुक्त विद्युतीय मोटरसाइकलमध्ये एकका रूपमा प्रस्तुत गरिएको छ।

याडिया कीनेसमा २० डिग्रीसम्मको उकालो सहजै चढ्न सक्ने क्षमता रहेको कम्पनीको दाबी छ। नेपालको विविध भौगोलिक अवस्थाअनुसार विभिन्न सडकमा सहज सञ्चालनका लागि यो विशेषता उपयोगी हुने विश्वास गरिएको छ।

मोटरसाइकलमा ४.६ किलोवाट क्षमताको ब्याट्री प्रयोग गरिएको छ। साथै, ४० भन्दा बढी सुरक्षा सुविधासहितको उन्नत ब्याट्री व्यवस्थापन प्रणाली (BMS) जडान गरिएको छ, जसले ब्याट्रीको सुरक्षा, ताप नियन्त्रण, स्थिर कार्यसम्पादन तथा दीर्घकालीन टिकाउपन सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।

डिजाइन र प्रविधिको उत्कृष्ट संयोजनका कारण याडिया कीनेसले प्रतिष्ठित ‘रेड डट डिजाइन अवार्ड’ समेत प्राप्त गरिसकेको छ।

याडिया विश्व बजारमा लगातार ९ वर्षदेखि नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्डका रूपमा स्थापित रहेको कम्पनीले जनाएको छ। सन् २००१ मा स्थापना भएको याडियाका उत्पादन हाल विश्वका १५० भन्दा बढी देशमा उपलब्ध छन् भने कम्पनीका १० करोडभन्दा बढी प्रयोगकर्ता रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स