व्यापार विस्तारमा सफल देखियो आइपीओ ल्याउने तयारीमा रहेको स्टार माइक्रो इन्स्योरेन्स



Advertisement
Ads

स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १८ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोहि अवधिसम्म कम्पनीले ४३ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको  थियो। अघिल्लो वर्षको तुलनामा नाफा ५६.९७ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म कम्पनीले कुल ५ करोड ५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ११ लाख ९७ हजार रुपैयाँको तुलनामा ४१२३.३१ प्रतिशतले वृद्धि भएको हो। यस अवधिमा कम्पनीको खुद बीमाशुल्क १ करोड ७३ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यो रकम ६ लाख ३१ हजार रुपैयाँ मात्र थियो।


Advertisement

कम्पनीको चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ। साथै, स्पेसल रिजर्भमा ३१ लाख ७ हजार रुपैयाँ, महाविपत्ति कोषमा ३ लाख १० हजार रुपैयाँ, रिटेन्ड अर्निङमा १० लाख ५५ हजार रुपैयाँ, र अन्य इक्विटीमा १ लाख ३४ हजार रुपैयाँ रहेको छ।

पुषमसान्तसम्म कम्पनीको बीमा कोष १२ करोड ५५ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ५ करोड ९४ लाख ४२ हजार रुपैयाँको तुलनामा १०१.९७ प्रतिशतले वृद्धि भएको हो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर